२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा बढ्दै चेक बाउन्सका मुद्दा


बिर्तामोड, पुस २० । झापामा चेक बाउन्सका मुद्दा बढेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो पाँच महिनामा ६५ वटा यस्ता प्रकृतिका मुद्दा दर्ता भएका छन् ।

सबैभन्दा बढी असोज र मंसिरमा १८/१८ वटा चेक बाउन्सका मुद्दा दर्ता भएका छन् । त्यस्तै, साउनमा १२, भदौमा ८ र कात्तिकमा ९ वटा मुद्दा दर्ता भएको छ ।

दर्ता मुद्दामध्ये साउन र असोज र कात्तिकका दुईदुईवटा मुद्दा किनारा लागेका छन् । विदेश पठाइदिने, जग्गा मिलाइदिनेलगायतका नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पर्ने गरेका छन् ।

घटनामा संलग्न ५४ पुरुष र ९ महिला गरी ६३ जना अझै पनि प्रहरी नियन्त्रणबाहिरै छन् । उनीहरुहरुको खोजी भइरहेको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । पाँच महिनामा छजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आर्थिक वर्ष ०७९/०८० मा २४३ वटा र ०७८/०७९ मा १४६ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए ।

सामान तथा सेवाको भुक्तानी नदिने, व्यावसायिक साझेदारीका नाममा धोका दिनेजस्ता घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा पुग्ने गरेका छन् ।

फिल्म बनाउन पैसा हाल्न लगाएर निर्माताले नै ठगी गरी खातामा पैसा नभई दिएका चेकसम्बन्धी घटनासमेत जिल्लाका पालिकास्तरीय न्यायिक समितिमा पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer