२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा नक्कली नम्बर प्लेट भएका सवारीसाधन भन्सारलाई बुझाइयो


बिर्तामोड, पुस २० । नक्कली नम्बर प्लेट लगाएर चलाइरहेको चोरीको एउटा बोलेरो पिकअप र छवटा मोटरसाइकल झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका ती सवारीसाधनहरूलाई मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पिकअपलाई १३ लाख र मोटरसाइकलहरूलाई ६ लाख गरी १९ लाख रुपैयाँ मूल्यांकन तोकेर भन्सार बुझाइसकेको प्रहरीले जनाएको छ ।

चोरीका सवारीसाधनमा नक्कली नम्बर प्लेट लगाएर जिल्ला विभिन्न स्थानमा चलिरहेको सूचना प्राप्त भएपछि झापा प्रहरीले त्यसतर्फ सक्रियता बढाएको थियो ।

प्रहरीले विशेष सूचनाका आधारमा दमकबाट मे. १ च २१७५ नम्बर भएको पिकअप नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, भद्रपुर लगायतका राजमार्गका विभिन्न स्थानबाट मे. २ प १६५७ नम्बरको अपाची, को. १३ प ३१५२ नम्बरको पल्सर, को. ६ प ४५७८ नम्बरको पल्सर, मे. ६ प १७७३ नम्बरको सुपर स्प्लेन्डर, मे. ७ प ७०३४ नम्बरको पल्सर र मे. ११ प ६३३९ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

ती साधनहरूमा उल्लेख भएका नम्बर प्लेट अन्य व्यक्तिको नाममा दर्ता रहेको यातायात कार्यालयबाट खुलेपछि आवश्यक कारबाहीका लागि भन्सार बुझाएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer