२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

‘बि’ डिभिजनका १४ क्लबलाई एन्फाले बैठकमा बोलायो


बिर्तामोड, पुस २० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असन्तुष्ट सहिद स्मारक ‘बि’ डिभिजन क्लबलाई आगामी आइतबार बैठकमा बोलाएको छ ।

शुक्रबार एन्फा महासचिव किरण राईले सहभागी १४ क्लबलाई पत्र लेख्दै बैठकमा उपस्थिति हुन आग्रह गरेका छन् । बैठक १ बजे एन्फा मुख्यालयमा बस्ने बताइएको छ ।

यसअघि पुस ५ गते असन्तुष्ट १३ क्लबले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । पुस २ गते बसेको एन्फाको कार्यसमिति बैठकले मध्यपुर युथ एसोसिएसनलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

मध्यपुरले विधानविपरीत कार्य गरेको भन्दै कार्यसमिति बैठकबाट अर्काे निर्णय नभएसम्मका लागि फुटबलको कुनै गतिविधिमा सहभागी नगराउने एन्फाको निर्णय थियो ।

त्यसपछि असन्तुष्ट १२ क्लबले संयुक्त हस्ताक्षरसहित मध्यपुरलाई कारबाही गर्न नहुने र यो निर्णय खारेज गर्न एन्फालाई धम्की दिएका थिए । यसपछि एन्फाले आफ्नै निर्णयलाई उल्टाउँदै मध्यपुरलाई पनि बैठकमा बोलाएको हो ।

बाँकी बक्यौता रकम एन्फाले उपलब्ध गराउन नसक्दा दुई वर्षयता ‘बि’ डिभिजन लिग सुरू हुन सकेको छैन । ‘बि’ डिभिजनमा झापा बिर्तामोडको झापा फुटबल क्लब पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer