२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

प्रधानमन्त्री कप क्रिकेटको कोशी छनोटमा झापाको दोस्रो जित


बिर्तामोड, पुस २० । इटहरीमा भइरहेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोशी प्रदेश छनोटमा झापाले दोस्रो जित दर्ता गरेको छ ।

आज भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । झापाले हिजो उदयपुरलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

भोक्राहा नरसिंहस्थित डा. खालिल आजाद खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इलाम निर्धारित ५० ओभरको खेलमा २७ ओभर खेल्दै ६४ रनमा अलआउट भयो ।

जवाफमा ६५ रनको सामान्य विजयी लक्ष्य झापाले १३ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा पूरा ग¥यो ।

पुस २५ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, इलाम, उदयपुरका खेलाडीहरुको सहभागिता छ । प्रतियोगितामा उत्कृष्ट २ टिमले फाइनल खेल्नेछन् ।

उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनोट गरिने र उनीहरुले आगामी पुस २७ गतेदेखि काठमाडौँ र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्टिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टिमको प्रतिनिधित्व गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer