२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

श्याम दनुवार बने झापाको पहिलो फिफा रेफ्री


बिर्तामोड, पुस २१ । झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् ।

हाल मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् । मुख्य रेफ्री भए पनि उनी माथिल्लोस्तरको प्रतियोगितामा पहिलो रोजाइका रेफ्री हुन् ।

फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सूचीमा नेपालको तर्फबाट झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष समेत रहेका दनुवार परेका हुन् ।

अर्जुनधारा-६ का दनुवार यसअघि एन्फा ए ग्रेड रेफ्री हुन् । उनले सन् २०१८ मा नेसनल कोर्स गरेका थिए ।

चार वर्षयता एन्फा ए ग्रेड रेफ्री उनले २०६८ सालदेखि निर्णायकको भूमिका निभाउँदै आएका छन् ।

झापाको फुटबलको इतिहास निक्कै पुरानो रहेको र खेलाडीहरु अन्तर्राष्ट्रियस्तरका भए पनि रेफ्री भने फिफा सूचीमा पर्न सकेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer