२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी


बिर्तामोड, पुस २४ । बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी परेको छ ।

उजुरी पर्नेमा पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर , समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, जयपुर बहुउद्देश्यीय सहकारी संस्था बुद्धशान्ति, पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा र संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था दमक रहेका छन्।

पहिलो पाइला बहुउद्देश्यीय सहकारीका अध्यक्ष सनिप भुजेल महिनौँदेखि फरार छन् । त्यस सहकारीले करिब ३ करोड रुपैयाँ बचत फिर्ता गर्न देखिएको कोशी प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालले बताए ।

त्यस्तै, समाजसेवी बहुउद्देश्यीयले २ करोडभन्दा बढी र जयपुर बहुउद्देश्यीयले १ करोडको हाराहारीमा बचत फिर्ता गर्न बाँकी रहेको उनले जानकारी दिए । त्यस्तै पूर्वार्ध कृषि सहकारी संस्थाले प्रदेश सरकार र प्याक्टबाट ल्याएको १ करोडभन्दा बढी अनुदान रकम दुरुपयोग गरेको जनाइएको छ ।

दमकको संयुक्त कलाकर्मी साकोसमा भएको अनियमितताका सम्बन्धमा छानबिन गरी त्यसको प्रतिवेदन दमक नगरपालिकामा पठाइएको जिल्ला सहकारी संघ झापाले जनाएको छ । उजुरी परेका अन्य सहकारीमाथि पनि छानबिन भइरहेको कोशी प्रदेश सहकारी संघका सचिव दंगालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer