२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

भ्वाइसबाट बाहिरिएकी रोजिना प्रमोदसँग धमाका मच्चाउँदै


बिर्तामोड, पुस २४ । लोकप्रिय तथा चर्चित गायक प्रमोद खरेल र नव गायिका इलामकी रोजिना बस्नेतको स्वर रहेको ‘तिम्रो साथ बिना’ गीत १९ घण्टाअगाडि २ लाख ६० हजारभन्दा बढी भ्युज पाउँदै युट्युब ट्रेन्डिङको ११ स्थानमा आउन सफल भएको छ ।

सार्वजनिक भएको एक दिन नहुँदै सो गीत हेर्नेको संख्या बढिरहेको छ । ‘द भ्वाइस अफ नेपाल’ को टप ११ बाट बाहिरिएकी रोजिनालाई गायक पनि खरेलले यो गीत मार्फत गायनमा अवसर दिएका हुन् ।

गीतमा अर्जुन पोखरेलको शब्द सङ्गीत छ । अभिन्यास पासवानको एरेन्ज रहेको गीतको भिडियोमा प्रमोद खरेल र रोजिना बस्नेतकै अभिनय छ । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको गीतमा बुद्ध थापाको छायाङ्कन, अर्जुन तिवारीको निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer