२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेशको छनोटमा झापा च्याम्पियन


बिर्तामोड, पुस २५ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कोशी प्रदेशको छनोटमा झापा च्याम्पियन बनेको छ । झापाले मोरङलाई फाइनलमा हराएको हो ।

लिग चरणका चारै खेलमा शतप्रतिशत जित निकाल्दै फाइनल पुगेको झापाले बुधबार मोरङलाई ७२ रनले पराजित गरेको हो । लिगका ४ खेलमा २ जित र २ हार बेहोरेर रनरेटको आधारमा शीर्ष दुईमा रहँदै बुधबार फाइनल खेलेको मोरङ उपविजेतामै सीमित भयो । यसअघि लिग चरणमा पनि मोरङ झापासँग पराजित भएको थियो ।

सुनसरीको भोक्राहास्थित खालिद आजाद खेल मैदानमा टस जितेको झापाले खराब मौसमका कारण ३० ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाई १ सय ६७ रन बनायो । झापाका अंकित सुवेदीले सर्वाधिक ६४ रन बनाए । भूपाल दंगालले ३२, समीर कार्कीले २३, आशिष रानामगरले १२ र भूपेश गौतमले ११ रन जोडे । मोरङका श्रवण किस्कुले ५ र लव कामतले २ विकेट लिए ।

१ सय ६८ रनको लक्ष्य पछ्याएको मोरङ २४।५ ओभरमै ९५ रनमा समेटियो । मोरङका चिराग शाहले सर्वाधिक २६, मिनस थापा १५, आइन्सटाइन रिजाल १३ र फिर्दोश अन्सारी र अटल शाह १२–१२ रन जोड्न सफल भए । झापाका आशिष रानामगरले ३, सौजन घिमिरे र अभ्यास तिम्सिनाले २–२ विकेट लिए । प्लेयर अफ द म्याच झापाका अंकित सुवेदी घोषित भए ।

सर्वोत्कृष्ट खेलाडी सुनसरीका भूपाल लुईंटेल चुनिए । बेस्ट बलर झापाका सौजन घिमिरे र बेस्ट ब्याटर उदयपुरका सोनु अन्सारी घोषित भए । उदीयमान खेलाडी सुनसरीका समिर तिम्सिना भए ।

एक साता चलेको प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरको सहभागिता थियो । प्रतियोगितालाई आधार मानेर उत्कृष्ट प्रदर्शन गर्ने १८ खेलाडी छनोट गरिने कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले बताए । छनोट भएका उनीहरूले पुस २८ देखि काठमाडौं, मोरङ र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्टिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टिमबाट खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer