२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापा जिल्ला सहकारीको शेयर पुँजी करिब चार करोड


बिर्तामोड, पुस २५ । झापाका सहकारी संस्थाहरुको छाता संगठन झापा जिल्ला सहकारी संघ लिमिटेडको शेयर पुँजी ३ करोड ८९ लाख २३ हजार १०० रुपैयाँ पुगेको छ ।

संस्थाको बिर्तामोडमा सम्पन्न २७ औँ वार्षिक साधारणसभा अध्यक्ष गणेश ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार संघमा २०८० असार मसान्तसम्ममा ४९२ संघसंस्थाहरु आबद्ध रहेका छन् ।

संस्थाको कोष हिसाब ७ करोड ८५ लाख ९८ हजार ७४१ रुपैयाँ, निक्षेप १९ करोड ९१ लाख ७८ हजार २३० रुपैयाँ र कर्जा लगानी १८ करोड ४५ लाख ८१ हजार १५५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, भद्रपुरमा ३ कठ्ठा १८ धुर र बिर्तामोडमा १ बिघा ४ कठ्ठा १ दशमलव ७५ धुर गरी संस्थाको नाममा करिब ७ करोड ५० रुपैयाँ बराबरको जग्गा रहेको अध्यक्ष ढकालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री एकराज कार्की, राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती, सल्लाहकार दुर्गाप्रसाद सापकोटालगायतले शुभकामना व्यक्त गरेका थिए ।

जिल्ला संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरको कार्यक्रमको सञ्चालन सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

पूर्वघोषितलाई पुरस्कार

संघले ६६ औँ राष्ट्रिय सहकारी दिवसमा घोषणा गरिएका विभिन्न विधाका ११ जनालाई पुरस्कार तथा सम्मान अर्पण गरेको थियो ।

झापाली सहकारी सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेललाई २५ हजार ५५५ रुपैयाँ, अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीलाई १० हजार ५५५ रुपैयाँसहित उत्कृष्ट सञ्चारकर्मी पुरस्कार, देवीप्रसाद दाहाललाई १० हजार ५५५ रुपैयाँसहित पूर्वसञ्चालक सम्मान प्रदान नगरिएको थियो ।

उत्कृष्ट कृषि सहकारीका रुपमा बुद्धशान्तिको होक्से कृषि सहकारी, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा मेचीनगरको मेची कृषक बहुमुखी सहकारी, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा मेचीनगरकै पूर्वीद्वार साकोस, उत्कृष्ट बचत कारोबारका रुपमा कमलको नवोदय बहुउद्देश्यीय, उत्कृष्ट कर्जा कारोबारका रुपमा हल्दिबारीको हाम्रो गोलधाप कृषि सहकारीलाई १० हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

उत्कृष्ट व्यवस्थापक महिलातर्फ दमकको नवदुर्गा बहुउद्देश्यीय सहकारीका धनकुमारी पौडेल र पुरुषतर्फ गौरदहको शुभलक्ष्मी बहुउद्देश्यीय सहकारीका तिलक कार्कीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनीहरुलाई जनही ५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

उत्कृष्ट पालिका समन्वय समितिका रुपमा गौरीगञ्ज पालिका सहकारी समन्वय समितिलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer