२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा ‘टाटा मोटर्स फन कार्निभल ३.०’ हुने


बिर्तामोड, पुस २६ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा मोटर्स फन कार्निभल ३.०’ कार्यक्रमको आयोजना गर्न लागेको छ ।

यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरू साट्न सकिनेछ ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरूप्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो ।

मेला पुस २७ गतेदेखि पुस २९ गतेसम्म उपत्यकाबाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड लगायत चार स्थानमा आयोजना गर्न लागिएको हो ।

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् ।

यस कार्निभलका मुख्य उद्देश्य भनेको ग्राहकलाई खेल तथा मनोरञ्जनमार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक अनुभव प्रदान गर्नु रहेको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer