२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई र जनता एग्रोबीच कृषिका माध्यमबाट बजार प्रवर्धनका लागि सम्झौता


बिर्तामोड, पुस २७ । झापाको कनकाई नगरपालिका र जनता एग्रोबीच प्रांगारिक व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्धनका लागि सम्झौता भएको छ ।

कृषिमा आधारित बहुसंख्यक नगरबासी रहेकाले उनीहरुलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले कनकाई नगरपालिका र जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेडबीच सम्झौता भएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिए ।

सम्झौता पत्रमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र जनता एग्रोका अध्यक्ष पवनकुमार गोल्यानले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै कनकाई नगरपालिकाका किसानले व्यावसायिक कृषिलाई अघि बढाउन आवश्यक तालिम, बीउबिजन तथा प्रांगारिक मल, कीटनाशक औषधि र उत्पादन खरिद–बिक्रीसम्मको व्यवस्था जनता एग्रो एन्ड फरेस्ट्रीले गर्ने भएको छ ।

हस्ताक्षर कार्यक्रममा जनता एग्रोका अध्यक्ष गोल्यानले कनकाई नगरपालिकाका किसानले उत्पादनको उचित मूल्य र बजार पाउने विश्वास व्यक्त गरे ।

गोल्यानले कनकाईका किसानले १ बिघा जग्गामा खेती गरेर वार्षिक ५० हजार कमाउन नसक्ने अवस्था रहेको भन्दै आफूहरुले पाँच वर्षमा ५ लाख आम्दानी गर्नसक्ने बनाउने प्रतिबद्धता जनाए ।

नगरप्रमुख पोखरेलले जनता एग्रोसँगको सम्झौताले कनकाई नगरपालिकाभित्र कृषि उत्पादान र उद्यमका क्षेत्रमा क्रियाशील उद्यमी तथा नवउद्यमीलाई अवसरको ढोका खुलेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer