२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

केर्खाको मोटरसाइकल दुर्घटनामा कनकाईका भट्टराईको मृत्यु


बिर्तामोड, पुस २८ । झापाको कमल-४ स्थित चुलाचुलीमा आज साँझ ४ः३० बजे दुईवटा मोटरसाइकल र एउटा स्कुटर एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउने क्रममा राजमार्ग पार गर्दै गरेको मे. ६ प ३१५२ नम्बरको मोटरसाइकल, सोही दिशाबाट आउँदै गरेको प्रदेश ०१–०१६ प ८९९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गएको प्रदेश ०१–०१६ प ७१४० नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।

प्रदेश ०१–०१६ प ८९९२ नम्बरको मोटरसाइकलमा पछाडि बसेका झापा कनकाई ३ का ७० वर्षीय रघुनाथ भट्टराईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मे. ६ प ३१५२ नम्बरको मोटरसाइकलमा सवार कमल-२ बस्ने अन्दाजी ५५ वर्षका वेदप्रसाद बजगाईं सामान्य घाइते भएको जनाइएको छ ।
दुर्घटना भएका सवारीसाधन केर्खा प्रहरी चौकीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer