२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सिम्रिक साकोसद्वारा विपन्न ज्येष्ठ नागरिकलाई ब्लाङ्केट


बिर्तामोड, पुस २९ । झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाह्रदशी गाउँपालिका-१ स्थित भागुडुब्बाका विपन्न समुदायका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरेको छ ।

मानवीय उद्धार सेवा केन्द्र नेपालको सहकार्यमा भएको कार्यक्रममा उनीहरुलाई मिष्ठान्न भोजनसमेत गराइएको छ । एक सयजना बढी ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको हो ।

पुस र माघ महिनामा अत्यधिक जाडो हुने र शीत लहर चल्ने भएकाले जाडो छेक्नका लागि विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो होस् भनेर ब्लाङ्केट वितरण गरिएको सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए ।

संस्थाको कार्यक्षेत्र हल्दीबारी, बाह्रदशी तथा कचनकबलका गरिब तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका जेष्ठ नागरिकलाई लक्षित गरी ब्लाङ्केट वितरण गरिएको कार्यकारी प्रमुख बस्नेतको भनाइ छ ।

उनले त्यसै गरी सदस्य बिरामी हुँदा संस्थाले बिर्तामोडको मनमोहन अस्पताल, कनकाई, ओमसाई तथा नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट हुने कार्यकारी प्रमुख बस्नेतले बताए ।

सानोसानो सहयोगले ब्लाङ्केट नभएर कठ्यांग्रिएर रात काट्न विवश विपन्न परिवारका ज्येष्ठ नागरिकलाई यो जाडोमा न्यानो हुन्छ भनेर ब्लाङ्केट वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।

अन्य वित्तीय संस्थाभन्दा सिम्रिक सहकारी पृथक भएको बताउँदै संस्थाका अध्यक्ष भट्टराईले सिम्रिक सहकारी जन्मेदेखि मृत्युपर्यन्त सदस्यको साथी भएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer