२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

डोमालाल राजवंशीको छोरी सम्पत्तिलाई सम्मान


बिर्तामोड, पुस २९ । सातौँ भाक्का दिवसको अवसर पारेर स्वर्गीय डोमालाल राजवंशीको छोरी सम्पत्ति राजवंशीलाई सम्मान गरिएको छ । राजवंशी परिवारले दान गरेको रंगशालामा भाक्का दिवसको आयोजना गरिएको छ ।

राजवंशी समाज विकास समितिले आयोजना गरेको भाक्का दिवसमा आयोजक संस्थाका अध्यक्ष अभय राजवंशीले स्वर्गीय डोमालाल राजवंशीको छोरीलाई सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

रंगशालासहित १४ बिघा जमिन राजवंशी परिवारले दान गरेको थियो । कोशी प्रदेशको स्तरीय रंगशालाको रुपमा रहेको डोमालालमा प्रतिष्ठित फुटबल टुर्नामेन्टहरु हुँदै आएका छन् । जग्गादाताको रुपमा राजवंशी परिवारलाई सम्मान गरिएको हो ।

रंगशालामा अहिले भाक्का दिवस कार्यक्रम सञ्चालन भइरहेको छ । १५० जना महिलाले दुई हजार किलो चामलको भाक्का बनाएर निःशुल्क रुपमा सर्वसाधारणहरुलाई खुवाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer