२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

क्रिकेटर अप्सरी बेगमलाई नगदसहित सम्मान


मेचीनगर, पुस २९ । महिला राष्ट्रिय क्रिकेट टिमकी महत्वपूर्ण सदस्य अप्सरी बेगमलाई झापाको मेचीनगरमा सम्मान गरिएको छ ।

मेची मासु उत्पादक सहकारी संस्था लिमिटेड झापाले १६ औँ वार्षिक साधारणसभाको अवसर पारेर क्रिकेटर बेगमलाई सम्मान गरेको हो । उनलाई नगद ५ हजारसहित पुरस्कृत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती, संस्थाका अध्यक्ष भगिरथ राई लगायतले उनलाई सम्मानपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer