२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिमा झापा जिल्ला अन्तरपालिका टि–२० क्रिकेट हुने


बिर्तामोड, माघ १ । झापाको बुद्धशान्तिमा जिल्ला जिल्ला अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको हुने भएको छ ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा यही फागुन २ गतेदेखि १२ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।

झापाका १५ वटै पालिकाको सहभागी हुने प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने बताइएको छ ।

खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।

उद्घाटनमा कनकाई र बाह्रदशी खेल्ने

प्रतियोगिताको उद्घाटन खेलमा कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाको सामना गर्नेछ । खेल बुद्धशान्ति २ स्थित पेट्रोल पम्प छेउको खुला मैदानमा हुनेछ ।

प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंको अध्यक्षता तथा झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापा, कोशी प्रदेश सदस्य नारद नेपाल, झापा कोषाध्यक्ष तुलानाथ दाहालको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer