२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा मिटरब्याजविरुद्ध ११९ वटा उजुरी


बिर्तामोड, माघ १५ । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन तथा मिटरब्याजविरुद्ध ११९ वटा उजुरी दर्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा ११६ वटा, दुईवटा उजुरी जाँचबुझ आयोगबाट झापामा आएको र एउटा अन्य जिल्लाबाट आएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए ।

उनका अनुसार ४६ वटा उजुरीलाई मेलमिलापमा टुंग्याइएको छ । त्यस्तै, १६ वटा सम्बन्धित निकायमा कारबाहीका लागि लेखिपठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए । बाँकी उजुरी कारबाहीको प्रक्रियामा रहेको उनले बताए ।

मिटरब्याजको चंगुलमा फसेपछि झापाका मिटरब्याजपीडित संगठित हुन थालेका छन् । उनीहरू मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिमा आबद्ध भएर झापामा समिति गठन भएको संघर्ष समिति केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले बताइन् ।

झापामा हाल सयभन्दा बढी मिटरब्याजपीडित संघर्ष समितिको सम्पर्कमा आएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer