
बिर्तामोड, बैशाख १४ । मध्यरातसम्म सञ्चालन हुने बिर्तामोडको गन्तव्य डान्सबारमा लफडा हुँदा दुईजना घाइते भएका छन् । घटनामा संलग्न तीनजना पक्राउ परेका छन् भने एकजना फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान १ः३० बजे गन्तव्य डान्सबारमा अत्यधिक मदिरा पिएपछि दुई समूहबीच झगडा भएको हो । यसअघि पनि सो डान्सबार झगडा हुँदै आएको प्रहरीको भनाइ छ ।

लफडामा मेचीनगर-१ बस्ने २० वर्षीय सिद्धार्थ शाही, ३० वर्षीय कर्ण राई घाइते भएका छन् । उनीहरुको अनुहारमा चोट लागेको छ भने बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न मेचीनगर-१२ बस्ने २१ वर्षीय निशान लामा, २२ वर्षीय प्रशान्त लिम्बु, भद्रपुर ८ बस्ने २२ वर्षीय नित्य राजवंशीलाई पक्राउ गरेको छ ।
त्यस्तै, अर्जुनधाराका २० वर्षीय लाक्पा तामाङ भने फरार रहेको र उनी खोजी भइरहेको जिलला प्रहरी कार्यालय झापाले जनाएका छ । प्रहरीले मध्यरातसम्म खुलेर लफडा गर्ने अखडा बनेको डान्सबार समयमै बन्द गर्न भने सकेको छैन ।





