२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

प्रेस चौतारीको स्थापना दिवसमा पूर्वअध्यक्ष उपेक्षितलाई सम्मान गरिने


बिर्तामोड, माघ २१ । प्रेस चौतारी नेपाल झापाले पूर्वअध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई सम्मान गर्ने भएको छ ।
संगठनको २६ औँ स्थापना दिवसको अवसरमा झापा गौरादह–६ कोहबराका उपेक्षितलाई सम्मान गर्न लागिएको अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।

प्रेस चौतारी झापाले माघ २२ गते बिर्तामोड–७ स्थित शहीद नेत्र पार्कमा स्थापना दिवसको अवसर पारेर पूर्वअध्यक्ष उपेक्षितलाई सम्मान गर्ने जानकारी दिएका हुन् ।

उपेक्षित प्रेस चौतारी झापाका दोस्रो अध्यक्ष हुन् । संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औँ स्थापना दिवसको अवसरमा सम्मान गरिएको थियो । स्थापना दिवसमा चौतारीले पूर्वअध्यक्षहरुलाई सम्मान गर्दै आएको छ ।

बिर्तामोडको नयाँ पर्यटकीय गन्तव्य नेत्र पार्कमा चौतारीले स्थापना दिवसको अवसर पारेर झापाली पत्रकारहरुको निशुल्क आँखा जाँच समेत गर्ने भएको छ ।

बिर्तामोडस्थित बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुको आँखा जाँच गरिनेछ ।

वनभोजसहित आयोजना गरिएको स्थापना दिवसमा पत्रकारहरुबीच मनोरञ्जनात्क कार्यक्रमहरु समेत राखिएको कार्यक्रम संयोजक प्रदिप परियारले जानकारी दिए । उनका अनुसार प्रेस चौतारीको स्थापना दिवसमा झापामा सबै सञ्चारकर्मीहरुलाई निमन्त्रणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer