२०८३ बैशाख ८ मंगलबार
Jhapa Today
Adv top

कनकाईमा अटो र मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते


बिर्तामोड, बैशाख ८ । झापाको कनकाईमा अटो र मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

आज बिहान ११ः३० बजे कनकाई वडा नम्बर– ३ नयाँबस्तीस्थित पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–००१ह ८२५२ नमबरको अटो अनियन्त्रित भइ बिपरित दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नम्बरको को मोटरसाइकलसँग ठक्कर खाएको थियो ।

दुर्घटनामा अटोमा सवार हल्दिबारी ३ की ६८ वर्षीया मन्जुधरी ढकालको मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी ढकालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा दिउँसो ४ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, अटोमा रहेका हल्दिबारी ३ का ५७ वर्षीया जीवन ढकालको ओठमा चोट लागेको छ ।सामान्य अवस्थाका उनको प्रधान मेडिकलमा उपचार भइरहेको छ ।

सोही ठाउँका ५० वर्र्षीया हरिमाया ढकाल , ३५ वर्षीया भिमा ढकाल , १३ वर्षीया रोजन ढकाल , हल्दिवारी ५ का १३ वर्षीय प्रदिप नेपाल र मोटरसाइकल चालक मोरङ मिक्लाजुङ ६ का ३७ वर्षीय चन्द्रबहादुर खत्री गंभीर घाइते भएका छन् । घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले अटो, मोटरसाइकल र अटो चालक हल्दिबारी ३ का ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer