२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु


बिर्तामोड, माघ २७ । झापाको बिर्तामोडमा पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

आज एक कार्यक्रमका बीच संविधानसभा सदस्य तथा पूर्वकानुनमन्त्री अग्नि खरेल र प्रदेशसभाका पूर्वसदस्य झलकसिंह दर्लामीले ब्याडन्टिन खेल्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

आयोजक लायन्स क्लब अफ अनारमनीका अध्यक्ष महेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री खरेल, दर्लामी, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड-३ का वडा अध्यक्ष मदन बुढाथोकी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

क्लबका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङका अनुसार खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन भइरहेको प्रतियोगिता बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा हुँदैछ ।

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट २५ सिका वातावरण प्रमुख समेत रहेका कुरुबाङले जानकारी दिए ।

त्यस्तै, दोस्रो हुनेले नगद ४० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फका विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer