२०८१ बैशाख २७ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरकी पाण्डेलाई ‘नइ बुलु शर्मा पुरस्कार’


बिर्तामोड, फागुन १२ । नइ प्रकाशनले झापाली प्रतिभाशाली स्रष्टा रिमा पाण्डेलाई ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

नइ प्रकाशनले राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि योगदान पुर्याएबापत झापा भद्रपुरकी रिमा पाण्डे ‘मिनी’ लाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको हो ।

नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंका अनुसार पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

पाण्डे झापाका अग्रज पत्रकार नकुल काजीकी पत्नी हुन् । उनी लामो समय स्वास्थ्य सेवा गरेर निवृत्त भइसकेकी छन् ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer