२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


बिर्तामोड, फागुन २६ । झापामा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका- ११ का ३२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-१ स्थित धरमपुरमा शुक्रबार साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे १० प ७७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइते मोटरसाइकल चालक मगरलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । बस र बस चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer