२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

गोलभेडाको जुस खानुका फाइदा


बिर्तामोड, चैत ११ । गोलभेडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्व पनि भरपूर हुन्छ । सुप, सलाद र अचारमा गोलभेडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ ।

गोलभेडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्व पनि हुन्छ । पोषक तत्वहरूले भरपूर गोलभेडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

शारीरिक व्यायाम गरेपछि शरीरको ऊर्जा कम हुन्छ । यस ऊर्जाको कमीलाई हटाउन हामीहरू एनर्जी ड्रिंक लिन्छौँ तर हराएको ऊर्जालाई फेरि पाउनका लागि सबभन्दा सजिलो तरिका गोलभेडाको जुस पिउनु नै हो ।

गोलभेडामा भएका रसायनले व्यायामपछि मांसपेशी तन्किएर दुखेकोलाई शान्त पार्छन् र रक्तसञ्चारलाई पनि सामान्य बनाउँछन् ।

अध्ययनले गोलभेडाको जुस पिउने खेलाडीको मांसपेशी व्यायामपछि एकदमै छिट्टै सामान्य स्थितिमा आएको अनि एनर्जी ड्रिंक पिउनेको चाहिँ यस्तो नभएको पाइएको छ ।

यसको अर्थ, तपाईंले व्यायाम गरेपछि गोलभेडाको जुस पिउनुभएमा थकान हट्छ र ऊर्जावान अनुभव गर्नुहुन्छ । गोलभेडाले स्वास्थ्यमा अन्य पनि धेरै फाइदा गर्छ ।
-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer