२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

समयमा सडक नबनाउँदा सास्ती भोग्दै दमकबासी


दमक, बैशाख २ । दमकको मुख्य बजारसहितमा भत्काइएको कालोपत्रे पुनः नबनाइँदा अहिले दमकबासी सास्ती खेप्न बाध्य छन् । कालोपत्रे सडक भत्काएको ६ महिनाभन्दा बढी भइसक्ता पनि निर्माण हुन सकेको छैन ।

दमकबासीको घरबाट निस्किएको ढललाई प्रशोधन गर्ने उद्देश्यले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरले ठेक्का लगाएर ढल निर्माणका लागि सडक भत्काएको थियो ।

सडकका बीचमा ढलको पाइप लगाउन दमकका आधा दर्जनभन्दा बढी सडक भत्काइएको छ । मुख्य बजारका सडक भत्काएर ढलको पाइप लगाउने काम भएको छ ।

यद्यपि, समयमा काम अघि नबढाउँदा भत्किएका सडक लथालिंग अवस्थामा छ । जसले सामान्य झरीमा पनि दमक बजार हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ ।

पहिलो चरणमा ढल निर्माणका लागि २०७७ असोज ११ गते स्वामीनारायण आशीर्वाद वर्ल्ड ट्रेडलाई ७४ करोड ३१ लाखमा ठेक्का दिइएको थियो । उक्त निर्माण कम्पनीले दमकको विभिन्न सडकका ३८ किलोमिटर खनेर ढलका लागि पाइप लगाउनुपर्ने सम्झौता छ ।

निर्माण कम्पनीले २०७९ चैत मसान्तसम्मै काम सक्नुपर्ने हो । तर, समयमा काम नसकिएपछि २०८१ वैशाख मसान्तसम्मको म्याद थपिएको छ । थपिएको समयमा पनि काम नसकिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका इन्जिनियर सुलभ काफ्लेले बताए ।

हालसम्म ढलका लागि पाइप बिछ्याउन भत्काइएको सडक कालोपत्रे गर्नेगरी ७८ प्रतिशत काम भएको उनले बताए ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले पटकपटक दबाब दिँदा पनि समयमा सडक नबनेको गुनासो गरे । मुख्य बजारमा सडक अलपत्र छाडिँदा त्यसको प्रत्यक्ष असर व्यापार व्यवसायमा परेको उनको भनाइ छ ।

संघीय सरकारको यो योजनामा ढिलाइ हुँदा त्यसको आक्रोश स्थानीय सरकारले भोग्नुपरेको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer