२०८३ बैशाख ६ आइतबार
Jhapa Today
Adv top

धुलाबारीमा आजदेखि ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ हुने


बिर्तामोड, बैशाख ६ । बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ नामक विशेष अफर सार्वजनिक गरेको छ ।

यही बैशाख ६ गतेदेखि ११ गतेसम्म धुलाबारीस्थित कृषि विकास बैंक अगाडि सञ्चालन हुने यो कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्ड र अवस्थाका बाइक वा स्कुटर एक्सचेन्ज गर्न सकिने सञ्चालक लुना बस्नेतले बताइन् ।

साथै, यो अफरअन्तर्गत ग्राहकहरूले पाँच वर्षसम्म निःशुल्क पेट्रोल प्राप्त गर्नेछन् । त्यस्तै, हरेक दिन पाँ लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था पनि यो अफर कार्यक्रममा राखिएको छ ।

न्यूनतम इएमआइ दुई हजार ९६७ रुपैयाँ मात्र तोकिएको यस अफरमा निःशुल्क हेल्मेटको व्यवस्था पनि राखिएको सञ्चालक बस्नेतले जानकारी दिइन् ।

Adv footer