२०८३ बैशाख ६ आइतबार
Jhapa Today
Adv top

बढ्यो सुनचाँदीको मूल्य


बिर्तामोड, बैशाख ६ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार २ सय रुपैयाँले बढेर ३ लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रबार ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार २२५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

Adv footer