२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सामाजिक सञ्जाल प्रयोग गरी रकम ठग्ने बुद्धशान्तिका पतिपत्नी पक्राउ


बिर्तामोड, बैशाख २ । झापाका दुईजनासहित तीनजनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।

कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार अरुको नागरकता दुरुपयोग गरेर रकम ठग्दै आएका झापा अर्जुनधारा-९ की ३८ वर्षीया रश्मि विश्वकर्मा भन्ने सञ्जु पौडेली, बुद्धशान्ति-२ का ३५ वर्षीय निश्चल पोर्तेल र इलाम माई-९ का ३४ वर्षीय धनबहादुर विक रहेका छन् ।

अरुको नागरिकता दुरुपयोग गरी ह्वाट्स एप, फेसबुल, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरुको प्रयोग गरेर उनीहरुले विगत दुई वर्षयता ठग्दै आएको प्रहरीले जनाएको छ ।

उनीहरुले सामाजिक सञ्जालहरुबाट सम्पर्क गरी ‘तपाईंको नाममा पार्सल, डलर लगायतका बहुमूल्य सामानहरू आएको छ, उक्त सामान प्राप्त गर्नको लागि तपाईंले भन्सार चार्ज तिर्नुपर्ने हुन्छ, उक्त भन्सार चार्ज नेपालका विभिन्न बैंकहरूको खातामा जम्मा गर्नुपर्छ’ भन्ने विभिन्न किसिमका आश्वासन देखाई पटकपटक रकम जम्मा गर्न लगाएर ठग्दै आएका अनुसन्धानबाट देखिएको छ ।

पौडेलीले रश्मि विश्वकर्मा लगायत अन्य व्यक्तिको नागरिकतामा आफ्नो फोटो टाँसेर विभिन्न १६ वटा बैंकमा खाता खोलेको, आफू अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत बताउने गरेको अनुसन्धान कार्यालयले जनाएको छ ।

पौडेलीका पति निश्चल पोर्तेलले निशान्त शर्माको नाममा भारतीय आधार कार्ड समेत लिएको र उनीहरुले हालसम्म ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरी उपरीक्षक रेग्मीले जनाकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिको नागरिकता ६ थान, प्रयोग भएको एनसेलको सिमकार्ड १४ थान, प्रयोग नभएको सिमकार्ड १२ थान, प्रयोग भएको भारतीय सिमकार्ड एउटा, विभिन्न बैंकका एटिएम कार्ड ८ थान, चेकबुक ११ थान, मोबाइल ६ थान, रकम जम्मा गरेको भौचर १८ थान लगायत सामग्री बरामद गरेका जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer