
बिर्तामोड, बैशाख ६ । झापाको बुद्धशान्तिमा प्रहरीको संयुक्त गस्ती टोलीले हरिणको सिङ भेट्टाएको जनाएको छ । हिजो राति १०ः३० बजे सो वस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति–३ चिलिमगढी घाटनजिकै वन्यजन्तुको अंग हरिणको सिङ फेला पारिएको हो । सो हरिणको सिङ सुरक्षित राखिएको छ ।

इलाका प्रहरी कार्यालय बुधबारे र सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईको प्रहरी टोलीले सो वस्तु फेला पारेको जनाइएको छ ।

हरिणको सिङ जिल्ला वन कार्यालय झापामा बुझाउनका लागि आवश्यक समन्वय भइरहेको र आज बुझाइने प्रहरीले जनाएको छ ।






