२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

जयपुर सहकारीका अध्यक्ष भट्टराई पक्राउ


बिर्तामोड, बैशाख ४ । बचत फिर्ता नगर्ने झापाको बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष घनश्याम भट्टराई पक्राउ परेका छन् ।

फरार रहेका उनलाई सुनसरीबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

यसअघि गत फागुन २३ गते सोही सहकारीका उपाध्यक्ष नारायण श्रेष्ठ र व्यवस्थापक केशवकुमार भण्डारी पक्राउ परेका थिए ।

सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा १ करोड ९० लाख रुपैयाँ हिनामिना भएको उजुरीका आधारमा अध्यक्ष भट्टराई, उपाध्यक्ष श्रेष्ठ र व्यवस्थापक भण्डारीलाई पक्राउ गरिएको डिएसपी चन्दले जानकारी दिए ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयमा जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापकविरुद्ध उजुरी परेको थियो ।

सहकारी रजिस्ट्रार कार्यालयको पत्रअनुसार उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका उनीहरुसहित पाँचजनाविरुद्ध उजुरी परेको बताइएको छ ।

शेयर सदस्य तथा बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा २०७९ भदौदेखि जयपुर सहकारी बन्द छ । २०५९ सालमा स्थापित संस्थामा ४९ लाख ९८ हजार १ सय रुपैयाँ शेयर पुँजी र ३ करोड ८ लाख ६८ हजार १४४ रुपैयाँ निक्षेप बचत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer