२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा नक्कली सुन बेच्ने सिलिगुढीका गिरी पक्राउ


बिर्तामोड, बैशाख ४ । झापा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एकजना भारतीय नागरिकलाई बिर्तामोडबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार जल्पाइगुढी-४० सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरीलाई पक्राउ गरिएको हो ।

गिरीले बिर्तामोडको शनिश्चरेरोडमा बुद्धशान्ति २ की ४५ वर्षीया सविता सिटौलालाई तपाईंलाई म ६० हजार रुपैयाँमा काँचो सुन दिन्छु भनी सिटौलाबाट ललाइफकाई ६० हजार रुपैयाँ लिएका थिए ।

बिस्कुटजस्तो आकार देखिने नक्कली सुन (टिल) दिई ठगेको भन्दै सिटौलाले इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराउनसाथ प्रहरीले गिरीलाई शनिश्चरेरोडबाट सोमबार पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer