२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा हात्ती रोक्न ७६.३९ किलोमिटरमा साढे १० करोडको सोलार फेन्स


६८ जनाको ज्यान गयो, १९ हात्ती मारिए

मेचीनगर, बैशाख ५ । झापामा करिब साढे १० करोड रुपैयाँ लागतमा हालसम्म ७६.३९ किलोमिटर सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा जडान गरिएको सोलार अफसेट फेन्सको जिम्मा बल्ल पालिकाअन्तर्गतका सामुदायिक वन उपभोक्ता समूहहरूलाई प्रदान गरेको छ । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा फेन्स जोडिएको हो ।

डिभिजन वन कार्यालय झापाले भद्रपुर, कचनकवल, हल्दिबारी, बाह्रदशी र मेचीनगरमा रहेका २७ वटा सामुदायिक वन उपभोक्ता समूहलाई सोलार अफसेट फेन्सको फारम हस्तान्तरण गरेको हो ।

प्रकृति संरक्षण कोषले १० करोड ४० लाख ६६ हजार लागतमा मेचीनगरको तिरिङदेखि नकलबन्दासम्म १८ किलोमिटर, चारकोशे जलथल जंगलको रणकालीदेखि विशाल सामुदायिक वनसम्म पहिलो चरण ३५ किलोमिटर, दोस्रो चरणमा विशालदेखि कालीमन्दिर सामुदायिक वनसम्म ६ किलोमिटर र चाराआली जंगलको कालीमन्दिरदेखि सैनिक ब्यारेकसम्म १७ किलोमिटर सोलार अफसेट फेन्स जडान गरेको छ ।

जडित गरिएका सोलार फेन्सको मर्मत सम्भार, रेखदेख र व्यवस्थापनमा चुनौती थपिएसँगै जिल्लामा मानव–हात्ती द्वन्द्व अझै रोकिएको छैन । जडान गरिएको सोलार फेन्सले काम गर्न छाडेपछि जंगलबाट निस्किएका हात्ती गाउँघर पसेर मानवीय र भौतिक क्षति गर्दै पु¥याउँदै आएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले २०६८ सालदेखि आजको दिनसम्ममा हात्तीको आक्रमणबाट ६८ जनाको ज्यान गएको बताए । २०६२ सालदेखि हालसम्म १९ वटा हात्ती मरेको भेटिएका छन् ।

२०६८ सालदेखि गत आर्थिक वर्षसम्म ७ करोड १९ लाख ७० हजार ६९७ रुपैयाँ राहत वितरण गरिएको उनको भनाइ छ । चालु आर्थिक वर्षमा मात्र हात्तीले ७ जनाको ज्यान लिइसकेको बताउँदै उनले भने, ‘हात्तीबाट ५३२ वटा घटना घटेको छ, जसबापत एक करोड २६ लाख राहत वितरण गर्न बाँकी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer