२०८३ जेठ ११ सोमबार
Jhapa Today
Adv top

दमकमा ब्राउन सुगर कारोबार गर्ने दुईजना पक्राउ


बिर्तामोड, जेठ ११ । प्रहरीले लागुऔषध ब्राउन सुगर कारोबार गर्ने दुईजनालाई झापाको दमकबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई हिजो राति १० बजे पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा दमक-५ बिलिभर चर्च नजिकमा बस्ने २३ वर्षीय तुलसी माझी र ३० वर्षीय राज माझी रहेका छन् । उनीहरु एकैसाथ पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर आठ ग्राम ४१० मिलिग्राम, विभिन्न दरका नेपाली नोट जम्मा ५६ हजार ६०० रुपैयाँ, भारतीय रुपैयाँ एक हजार एक सय र मोबाइल सेट दुईथान बरामद गरिएको छ ।

घटना विवरणअनुसार तुलसी माझीले आफ्नो डेरा कोठामा ब्राउनसुगरको कारोबार गर्ने गरेको सूचनाको आधारमा प्रहरीले उनको कोठामा छापा मारेको थियो ।

माझीद्वयलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । दमक क्षेत्रमा समेत पछिल्लो समय लागुऔषध कारोबारको घटना बढिरहेको पाइएको छ ।

Adv footer