२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका सहकारीमा चोरी गर्ने गिरोहका सदस्य पक्राउ


बिर्तामोड, बैशाख ७ । पछिल्लो समय झापाका सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

एक दर्जनभन्दा बढी सहकारी संस्थाको कार्यालयमा प्रवेश गरेर नगद तथा धनमाल लुट्ने समूहलाई आज प्रहरीले इटहरीबाट पक्राउ गरेको हो ।

आज छजनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । सहकारी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको सूचना सत्य भएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

झापासहित पूर्वका सहकारीहरुमा शृङ्खलाबद्ध चोरी गर्ने समूहलाई झापा प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

इटहरीबाट पक्राउ उनीहरुलाई झापा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । झापा र सुनसरी प्रहरीले संयुक्त रुपमा उनीहरुलाई पक्राउ गरेको बुझिएको छ । उनीहरुले चोरी गरेको विवरण र पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाइएको छैन ।

सो समूहले चैत ५ गते राति गौरादह ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट करिब १२ लाख नगद र सरसामान चोरी गरेको थियो ।

यसरी जिल्लाभरका दर्जनभन्दा बढी सहकारीमा भएको चोरीको घटनाहरुमा उनीहरुको संलग्नता देखिएको छ ।

सहकारीहरुमा लगातार चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer