२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सैनिकमोड–सैनिकबजार सडक कालोपत्रे गरेको एक सातामै भत्कियो


बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडस्थित सैनिकमोड–सैनिकबजार सडक कालोपत्रे गरेको एक सातामै भत्किएको छ ।

सडकको कालोपत्रे उप्किएपछि ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएको भन्दै उपभोक्ताहरु आक्रोशित भएका छन् । एक साताअगाडि निर्माण गरिएको सैनिकमोड दक्षिण ढुंगाना हार्डवेयरअगाडि कालोपत्रे सडक भत्किएको हो ।

ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएकाले एक सातामै भत्किएको सतानु– सैनिकमोड टोल विकास संस्थाका अध्यक्ष चिरञ्जीवी ओलीले बताए । उनले त्यसबारे सडक डिभिजन कार्यालय दमकमा जानकारी गराइसकेको बताए ।

सो सडक खनाल शान्ति जेभीले निर्माण गरेको हो । सैनिकमोडदेखि ४ किलोमिटर दक्षिण सैनिकबजारसम्म ५ करोड २४ लाख ४१ हजार ३९५ रुपैयाँमा सडक ठेक्का लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer