२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

तेस्रो आदर्श च्यालेन्ज कपको खेल तालिका सार्वजनिक, तयारी पूरा


मेचीनगर, बैशाख ११ । झापाको बुद्वशान्तिमा यही बैशाख १५ गतेदेखि हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो ।

खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल बिर्तामोड युनाइटेड एफसीले भारतको नर्थ बंगाल एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

तेस्रो खेल मानेभन्ज्याङ एफसी र धरान एफसीबीच हुनेछ भने चौथो दिनको खेल रेड हर्स एफसी इलाम र बेलबारी एफसीबीच हुने प्रतियोगिताका संयोजक तथा क्लबका पूर्वअध्यक्ष मनेष दाहालले जानकारी दिए ।

प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।
प्रतियोगिताका लागि खेल मैदान सम्याउने काम भइसकेको छ । दर्शकको सुविधाका लागि अस्थायी प्यारापिट निर्माण गर्ने काम भएको छ । मैदान मर्मत गर्ने काम अन्तिम अवस्थामा पुगेको छ ।

२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो वर्ष तेस्रोपटक हुन लागेको क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याच हुने खेलाडीले तीन हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा २१ लाख ९६ हजार रुपैयाँ खर्च हुने संयोजक दाहालले जानकारी दिए ।

प्रतियोगितालाई भव्य बनाउन हरेक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिने तयारी रहेको आयोजक समितिका दुर्योधन सिंह (देव) ले जानकारी दिए ।

बुधबारेको इन्दिरा फाउन्डेसनको प्रायोजन रहने प्रतियोगिताको प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गर्नेछ । प्रतियोगितालाई बुद्धशान्ति गाउँपालिकाले मुख्य सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer