२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कोशीको जितमा समीक्षाको उत्कृष्ट प्रदर्शन जारी


बिर्तामोड, बैशाख १२ । समीक्षा मगरको २ गोलप्रेरित कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा लगातार तेस्रो जित हाँसिल गरेको छ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा बुधबार सम्पन्न खेलमा कोशीले गण्डकीलाई ३-0 गोल अन्तरले पराजित गरेको हो। कोशीको जितमा समीक्षा मगरले २ गोल गरिन् भने ममता राउतको नाममा १ गोल गर्‍यो।

खेलको छैटौँ मिनेटमै समीक्षाले गोल गर्दै कोशीलाई अग्रता दिलाइन्। ५२औँ मिनेटमा ममताले गोल गर्दै कोशीको अग्रता दोब्बर बनाइन्। ९०औँ मिनेटमा समीक्षाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-0 को सहज जित दिलाइन्।

यसअघि सुदूरपश्चिममाथि कोशीले २-१ गोल अन्तरको जित हासिल गर्दा पनि समीक्षाले नै २ गोल गरेकी थिइन्। कर्णालीविरुद्धको ३-0 ले जित्दा भने उनीले गोल गर्न सकेकी थिइन्। शतप्रतिशत जितसहित कोशी ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer