२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कोशीको अपराजित यात्रा कायमै


बिर्तामोड, बैशाख १४ । कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ । कोशीले विजय यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३–० ले हरायो ।

कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन् ।

सन्जुमायाले २३ औँ मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । १२ अंकसहित कोशी शीर्षस्थानमा यथावत छ ।

तेस्रो खेलमा दोस्रो हार भोगेको लुम्बिनी ३ अंकसहित पाँचौँ स्थानमा छ । समान ६ अंक बटुलेका सुदूरपश्चिम प्रदेश दोस्रो र कर्णाली प्रदेश तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer