२०८१ बैशाख ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

आशिष चापागाईंको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा


मेचीनगर, बैशाख १६ । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो ।

मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक गुरुङले नर्थ बंगालको पोस्टमा प्रहार गरेका थिए ।

उनको प्रहार गोलरक्षक राकेश सिंहको हातबाट फुत्किएको मौकामा बिर्तामोडका आशिष चापागाईंले गोल गरेका हुन् ।
बिर्तामोडको अग्रता धेरैबेर टिकेन । दोस्रो हाफको दोस्रो मिनेटमा नर्थ बंगालले बराबरी गोल गरेको थियो ।

मोहम्मद राहुलको क्रस पासमा डिबक्समा अनमार्क रहेका हेमराज भुजेलले हेडमार्फत सुन्दर गोल गरेर खेललाई बराबरीमा ल्याए ।

दोस्रो हाफको ३८औँ मिनेटमा नर्थ बंगालका राहुल बासुमत्रीले बिर्तामोडकमा आशिष चापागाईंलाई डिबक्समा फाउल गरेपछि बिर्तामोडले पेनाल्टी पाएको थियो । आशिषले नै गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

बिर्तामोडका लागि खेलको इन्ज्युरी समयमा आशिषले नै अर्काे गोल थपे । विपक्षी गोलरक्षक राकेश सिंह अगाडि बढेको समयमा गरेको उनको भली बल गोल भएको थियो ।

खेलको प्लेयर अफ द म्याच बिर्तामोडका ह्याट्रिककर्ता आशिष चापागाईं भए । उनले नगद तीन हजार पुरस्कार पाए ।

भोलि मानेभन्ज्याङ एफसी भारत र धरान फुटबल क्लब सुनसरीबीच खेल हुने आयोजक समितिका मिडिया संयोजक सुरज दंगालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer