२०८१ बैशाख २९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आदर्श च्यालेन्ज कपः बिर्तामोड युनाइटेड एफसी र नर्थ बंगाल खेल्दै


मेचीनगर, बैशाख १६ । झापाको बुद्वशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगितामा आज बिर्तामोड युनाइटेड एफसी र भारतको नर्थ बंगाल भिड्दै छन् ।

दोस्रो दिन सेमिफाइनल प्रवेशका लागि आफूमा परिचित दुवै टोलीले प्रतिस्पर्धा गर्ने छन् । नेपालीभाषी खेलाडी उतार्ने नर्थ बंगालसँग बिर्तामोडले दोस्रो क्वार्टर फाइनल खेल खेल्न लागेको हो ।

यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ । ध्रुुवतारा स्पोर्टिङ क्लब दमकलाई २–१ गोल अन्तरले हराउँदै आयोजकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

त्यसैगरी, भोलि माने भञ्ज्याङ एफसी भारत र धरान एफसी सुनसरी र क्वार्टर फाइनलको अन्तिम खेलमा रेड हर्स इलाम र बेलबारी एफसी मोरङ खेल्ने आयोजक समितिका संयोजक मनेष दाहालले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer