२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल हुने


बिर्तामेड, बैशाख १७ । झापाको बिर्तामोडमा स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ ।

बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा बैशाखको अन्तिम सातादेखि भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको कार्यवहाक अध्यक्ष दिपेन चौधरीले जानकारी दिए ।

संस्थाका अध्यक्ष रविन श्रेष्ठकी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा क्लबले आयोजना गर्न लागेको प्रतियोगिता डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ ।

बैशाख ३१ गतेदेखि जेठ ७ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer