२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आदर्श च्यालेन्ज कपमा धरानमाथि मानेभन्ज्याङको गोलवर्षा


बिर्तामेड, बैशाख १७ । धरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मानेभन्ज्याङले धरान एफसीमाथि ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो ।

मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । खेलको ३१ औँ मिनेटमा करणले नै डिबक्समा पाएको पासलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २(० को अग्रता बनाएको मानेभन्ज्याङले ४६औँ मिनेटमा करण राईको क्रसमा अनमार्क रहेका सुरज रसाइलीले गोल गर्दै फराकिलो अन्तर निकाले ।

खेलको ५५औँ मिनेटमा मानेभन्ज्याङका तुषार विश्वकर्माले डिबक्स बाहिरबाट गरेको सोझो प्रहार गोलमा परिणत भएको थियो ।

६७ औँ मिनेटमा मानेभन्ज्याङका लागि सुरज रसाइलीले गोलरक्षकसँग वान टु वानको स्थितिमा गोल गरे । सुरज खेलको प्लेयर अफ द म्याच बन्दै नगद ३ हजार पाउन सफल भए ।

धरान एफसीले खेलमा एकमात्र सान्त्वना गोल फर्कायो । कप्तान तपन कार्कीले पेनाल्टी एरियामा पाएको बललाई गोल गर्न सफल भए ।

खेलमा गोल गर्ने थुप्रै अवसर सिर्जना गरेको धरान मानेभन्ज्याङको मजबुत डिफेन्स लाइनका कारण निरीह भएको थियो ।

मंगलबार प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेल रेडहर्स क्लब इलाम र बेलबारी एफसी मोरङबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer