२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

आदर्श च्यालेन्ज कपः इलामलाई रोक्दै बेलबारी सेमिफाइनलमा


बिर्तामेड, बैशाख १८ । बेलबारी एफसी मोरङले तेस्रो बुधबारेमा जारी आदर्श च्यालेन्ज कपमा इलामको रेडहर्स एफसीलाई सहज रुपमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा इलामलाई बेलबारी एफसीले २–० गोलले पराजित गर्दै सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । बेलबारीको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

खेलको १४औँ मिनेटमा विवेक पौडेलको क्रसपासमा प्रशान्त अवस्थीले बेलबारीलाई सुरुवाती अग्रता दिलाएका थिए । पेनाल्टी एरियाबाट उनले गरेको प्रहारलाई विपक्षी गोलरक्षकले बचाउ गर्न सकेनन् ।

खेलमा दोस्रो गोल पनि अवस्थीको नाममा रह्यो । ४३औँ मिनेटमा सागर तिवारीले पेनाल्टी एरियामा दिएको हेडरलाई सदुपयोग गर्दै अवस्थीले सुुन्दर गोल गरेका थिए । अवस्थीको दुवै गोल दर्शनीय थियो ।

दुुई विदेशी खेलाडी मैदानमा उतारेको रेडहर्सले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि असफल भयो । इलामका खेलाडीको पटकपटकको प्रहार बेलबारीका गोलरक्षक पूर्ण चेम्जोङले बचाउ गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच बेलबारीका दुुई गोल गर्ने खेलाडी प्रशान्त अवस्थी घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाए ।

बुधबारको पहिलो सेमिफाइनल खेलमा आयोजक आदर्श युवा क्लबले भारतको मानेभन्ज्याङ एफसीको सामना गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने संयोजक मनेष दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer