२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

आदर्श च्यालेन्ज कपः फाइनल प्रवेशका लागि आदर्श र मानेभन्ज्याङ खेल्दै


बिर्तामोड, बैशाख १९ । झापाको बुद्वशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका खेलहरु आजबाट हुँदैछन् ।

आज हुने फाइन प्रवेशको पहिलो खेलमा आयोजक आदर्श युवा क्लब बुद्धशान्तिले भारतको मानेभन्ज्याङ एफसीको सामना गर्नेछ ।

आयोजक आदर्शले ध्रुुवतारा स्पोर्टिङ क्लब दमकलाई २–१ गोल र मानेभन्ज्याङ भारतले धरान एफसीलाई ५–१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

त्यस्तै, अन्तिम सेमिफाइनलमा भोलि बिर्तामोड युनाइटेड एफसी र बेलबारी एफसी खेल्नेछन् । बिर्तामोडले नर्थ बेङ्गोललाई र बेलबारीले रेडहर्स इलामलाई पाखा लगाउँदै अन्तिम दुई चारमा स्थान बनाएका थिए ।

प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहेको छ । खेल बुद्ध आदर्श माविको खेल मैदानमा दिउँसो ३ः३० बजे हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने खेल आयोजक समितिका संयोजक मनेष दहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer