२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

आज मातातीर्थ औँसीः आमाप्रति सम्मान गरेर मनाइँदै


बिर्तामोड, बैशाख २६ । आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ पर्वको रुपमा मनाइँदैछ ।
बैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान नुहाएर शुद्ध भइ आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आमा नहुनेले विभिन्न मठमन्दिरमा गएर मातातीर्थ कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गरिमनाइ रहेका छन्। मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनविश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer