२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

मुख्यमन्त्री कार्कीद्वारा सदस्य सचिव बस्नेतलाई सफाइ पेश गर्न ३ बजेको समय


बिर्तामोड, बैशाख २६ । स्पस्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको जनाउँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) लाई सफाइ पेश गर्न अर्को पत्राचार गरेका छन् ।

स्पष्टीकरण सोधेको दोस्रो दिन मुख्यमन्त्री कार्कीले बस्नेतलाई सफाइ पेश गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएर पत्र लेखेका हुन् ।

बैशाख २५ गते मंगलबार मुख्यमन्त्री केदार कार्कीले पत्राचार गर्दै बैशाख २३ गते सोधिएको स्पस्टीकरणको जवाफ विषयभन्दा फरक दिएको र सम्बन्धित विषयको जवाफ दिन अटेर गरेको जनाउँदै पत्राचार गरेका छन् ।

मुख्यमन्त्री कार्कीले अघिल्लो स्पष्टीकरणको जवाफ विषयमा केन्द्रित भई खुलाउनुपर्नेमा जोड दिएका छन् ।

उनले सदस्यसचिव बस्नेतले सोधिएको विषय बेग्लै भएको भन्दै अटेर गरेको समेत आरोप लगाएका छन् ।

बस्नेतलाई विराटनगरस्थित उच्च अदालतले बैशाख १९ गते सदस्य सचिवमा पुनर्बहाली गरेको थियो ।

यसैबीच, निर्वाचनमा उम्मेदवार रहेको तथ्य खुल्ने कागजसमेत प्रदेश निर्वाचन कार्यालयबाट प्राप्त भएको जनाउँदै मुख्यमन्त्री कार्कीले निर्वाचनमा सरिक भएको उम्मेदवारले सो अवधिको राज्यकोषबाट तलब भत्ता पाउन नसक्ने व्यवस्था प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा १३ मा उल्लेख बर्खिलाप हुने प्रस्ट रहेको जनाएका छन् ।

उनले गरेको पत्राचारमा सोही ऐनअनुसार सदस्य सचिव पदबाट किन नहटाउने जनाउँदै बुधबार ३ बजेसम्म मनासिव सफाइ पेश गर्न जानकारी गराएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer