२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

भीमनारायण गोल्डकप: बिर्तामोड उपाधिनजिक


बिर्तामोड, बैशाख २८ । धनकुटामा जारी १६ औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

धनकुटाको तल्लो टुँडीखेलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३–० गोल अन्तरले हराउँदै बिर्तामोड उपाधिनजिक पुगेको हो ।

खेलको ४३ औँ मिनेटमा बिर्तामोडका अनिश लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि खेलको ४६ औँ मिनेटमा आयोजक टोलीका गोलकिपर प्रदिप भण्डारीले डिबक्सबाहिर बिर्तामोडका खेलाडीलाई लडाएपछि रातो कार्ड पाएर बाहिरिएपछि आयोजक १० खेलाडीमा सीमित भयो ।

खेलको ४७ औँ मिनेटमा अभिषेक गुरुङले गोल गर्दै खेल २–० गोलको स्थितिमा पुर्याए खेलको ६६ औँ मिनेटमा आयोजक टोलीका पदम भट्टराईले आत्मघाती गोल गरेपछि झापाले ३–० को अग्रता बनायो ।

खेलमा झापाका मौसम लिम्बू म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार ५ हात पारे ।

बिर्तामोडले उपाधिका लागि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ एफसीसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer