२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जेसिजकाे रक्तदानमा ११२ पिन्ट रगत संकलन


बिर्तामोड, असार १ । विश्व रक्तदाता दिवसको अवसर पारेर झापाका दुईवटा जेसिज क्लबले रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलन गरेका छन् ।

मेचीनगरको बाहुण्नाँगी जेसिज र बिर्तामोडको वीरता जेसिजले दाताहरुबाट रगत संकलन गरेका हुन् ।

रक्तदान कायएक्रमबाछ ११२ पिन्ट रगत संकलन भएको छ । बाहुनडाँगी र भृकुटी बजार क्षेत्रमा संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी बाहुनडाँगी उपशाखा, बाहुनडाँगी युवा क्लव र १०१ युवा समूह मेचीनगर २ ले सहआयोजना गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल रेड्क्रस सोसाइटी बाहुनडाँगी उपशाखा सचिव तथा कार्यक्रम संयोजक रोशन गिरीले गरेका थिए ।

त्यस्तै, बिर्तामोड मुक्तिचोकमा भएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । जेसिज सन् १९९८ का अध्यक्ष राजकुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको थियो ।

वसन्त ढकाल संयोजक रहेको कार्यक्रमलाई बिर्तामोड नगर अस्पताल, युनाइटेड युथ क्लब, रोट्राक्ट क्ल्ब अफ बिर्तामोड, मनकामना वेभरेज, वान स्टप मल लगायत संघसंस्थाले सहयोग गरेको महासचिव सुमन पोद्दारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer