२०८१ माघ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पुक्यानको सदस्यमा झापाका डक्टर खनाल चयन


बिर्तामोड, असार ३ । पूर्वाञ्चल विश्वविद्यालय कलेजेज एसोसिएसन अफ नेपाल पुक्यानको सदस्यमा झापाका डक्टर रुपकप्रसाद खनाल चयन भएका छन् ।

डक्टर खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका प्रमुख हुन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको संगठन पुक्यानको आठौँ वार्षिक साधारणसभा तथा अधिवेशनले डक्टर खनाललाई सदस्यमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले सिआइटी कलेज काठमाडौँका अध्यक्ष इन्जिनियर सुधीर गुरागाईंको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्ष कान्तिपुर इन्टरनेसनल कलेज काठमाडौँका डक्टर नरेन्द्रकुमार श्रेष्ठ, सेन्ट्रल कलेज अफ इन्जिनियरिङ जनकपुरका विजयकुमार झा, महासचिवमा गेटवे कलेज काठमाडौँका सुरेश केसी, कोषाध्यक्षमा आर्यन स्कुल अफ इन्जिनियरिङ काठमाडौँका ओमकारनाथ गुप्ता चयन भएका छन् ।

त्यस्तै, अर्किड कलेज काठमाडौँका विदुर दाहाल, नेपाल पोलिटेक्निक कलेज चितवनका दिपक ढकाल, सगरमाथा कलेज काठमाडौँका रामदत्त जोशी, काठमाडौँ डनबस्को कलेजका रश्मि शर्मा मैनाली र हिलसाइड कलेज अफ इन्जिनियरिङ कलेज काठमाडौँका डक्टर समित थापा चयन भएका छन् ।

Comments are closed

Adv footer