२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरको निःशुल्क आँखा शिविरमा ८५० को जाँच


भद्रपुर, असार ७ । भद्रपुरमा शल्यक्रियासहितको तीन दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

सरिया परिवारको आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा तीन दिने निःशुल्क आँखा शिविर सञ्चालन भएको हो ।

भद्रपुर आँखा उपचार केन्द्र, भद्रपुर ५ स्थित देवीबस्तीमा बुधबारदेखि सञ्चालन भएको आँखा शिविर आज शुक्रवार सम्पन्न भएको हो । आँखा शिविरमा ८५० जनाले सेवा लिएका छन् ।

शविरको पहिलो दिन ३२ जना दोस्रो दिन ४२ र अन्तिम तथा तेस्रो दिन ४२ जना गरी जम्मा ११६ जना मोतियाविन्दु र जलविन्दुका समस्या भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालकका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer